श्री पुजनिय आमा बाबामा म उहि प्रदेशी छोराको दण्डवत सेवा ढोग छ ।
सर्ब प्रथम त आमा यो प्रदेशको भुमिमा दु :ख सुख बाँचेको छु भनुपर्ला अनि घर तिर सबै परिवारमा स-कुशलै हुनुहुन्छ भन्दै आशाका साथ श्री भगवान सँग दश औला जोडि वारमवार प्रथाना गर्दछु
आमा भाग्यले ठगेको हो यात कर्मले नदेको जति गार्दा पनि पैसा कमाउन सकिएन खै के गर्ने हो ! दु :ख पछि सु :ख तुल्याउने उदेश्यले प्रदेशिएको म आज चौटा खान गएको बुडि झोलमा डुवेर मरि
भनेझै सानो तिनो काम छाडेर धेरै कमाउने आशामा प्रदेसिएर आज पछुताएको छु ।
आमा अर्काको देशमा भनाई खाएर कमाएको दुई पैसा भन्दा बरु आफ्नै स्वदेशमा दश नंग्रा खियाएर आएको दुई गाँस भात नै मिठो हुदो रहेछ । कुन जुनिको श्राप लागेको हो कुन् नी जति गर्दा पनि नहुने !हजारौ सपनाहरु वोकेर आफनो जन्मभुमि छाडि प्रदेशिए आज ति सपनाहरु सबै चक् ना चुर भयो खै कसरी स्देश फर्कौ नफर्कने चाहना पनि छैन फर्कौ त दुई चार पैसा साथमा छैन । आमा जुवा तास खेलेको छैन जाँड रक्सी खएको छैन ! रण्डी बाजी गरेको छैन ! दिनमा ड्युटी छुटाएको छैन कसलाई दोस दिने ! आफ्नो कर्मलाई या त कम्पनीनाई !कस्लाई रहर थिएन र पैसा नकमाउने ! कस्लाई रहर हुदैन आफनो परिवारसँग भेट गर्ने तर आमा आज वाध्यता वस केहि समय थप गरि बस् न वाध्य भएको छु । आशु झरि पिडाहरु धुन परेको छ । पीडित भएर दु :खहरु सहनु परेको छ । आमा मेरो बारेमा चिन्ता नलिनु आफनो मनोवल बढाउनु । आउने छु चाडै फर्कि समय र दिनहरु वोकि आमा सुखि रहनु दु :ख मन नगर्नु
उहि प्रदेशि छोरा राम '