NO MUSIC NO LIFE




NON STOP MUSIC









मेरी सानु

भन सानु तिम्रो मनका कुरा
न बस सानु दिलमा हानी छुरा
पाऊने छौ सानु जीवनभरिको साथ
नगर सानु प्रेममा विश्वास घात



सम्झना


सम्झना छ अझैपनी
माया छ मन मुटुमा
सम्झी सम्झी बाचेको छु
बिरानो यो शहरमा
फर्की आउँदै छु सानु
पर्खि बस्नु है!!!!!

झर्केर बोल्छौ



झर्केर बोल्छौ
तर्केर हिद्छौ
फेरी मलाई
फर्केर हेर्छौ
मलाई थाहा छ
तिमी मलाई
माया गर्छौ !!

सपनाको महल

सपनाको महल भित्र
तिमीलाई नै सजएको छु
भित्री मनको संसारमा
सानो घर बसएको छु
तिम्रो सामु प्रेम पर्स्ताप राख्न
धेरै धेरै लजएको छु




प्रेम दिवस

फेरि प्रस्ताब राख्छु तिमीलाई, आएको प्रेम दिवसमा
भुल्यौ किन तिम्ले कसम, खाएको प्रेम दिवसमा
जिवनका रंगिन पल मिठा मिठा गित बनाई
भुल्यौ किन रमाउंदै, गाएको प्रेम दिवसमा
पैतालाको धुलो मेरै नामको सिन्दुर भनी
भुल्यौ किन सिउंदोमा, लाएको प्रेम दिवसमा
सबको आँखा छल्दै छल्दै एकान्तमा हामी
भुल्यौ किन भेट्न, धाएको प्रेम दिवसमा

गजल

हाम्रो माया कती राइछ कैले कतै जोखीएन
अधी गाग्रो पानी झै हाम्रो माया पोखीएन

जात भात छुट्याइ दिने झुटो हाम्रो समाजमा
मोठ मन्दिर कतै पनी हाम्रो माया चोखीएन

हजरकोशको यात्रा गर्दा हाम्रो दुईको माया
अधिबाटो हीडदै खेरी ठेसलगी ठोकिएन

लीसाइलो माटो बनी बस्दा हाम्रो माया
समाजको पर्खाल तिर कैले कतै पोतीएन

मुनामदन

मुनामदन झ्याउरे लयमा आधारित कविता हो जुन नेपाली साहित्यको सबैभन्दा प्रख्यात कृति हो । मुनमदनलाई लिएर सन् १८५९ मा आफ्नो मृत्यु अघि उनले भनेका थिए म मरेपछि मेरा सबै कृति जलाइदिए पनि मुना मदन चाही नजलाउनु । मुनामदन अहिले सम्मकै सबैभन्दा धेरै बिक्रि भएको पुस्तक हो । मुना मदन एक कारुणिक काव्य हो जसले मुना र मदनको बिछोडको प्रेम कहानी को बर्णन गर्छ । मदन पैसा कमाउनको लागि विदेश जान्छ र फर्कने क्रममा बाटोमा बिरामी हुन्छ । बिरामी मदनलाई बीच बाटोमै छोडेर उसका साथिहरु आउछन र मदनको मृत्यु भएको कुरा भन्छन । यो कुराले मुनालाई निकै पिडा हुन्छ । येही पिडा साहना नसकी शोकमै मुनाको मृत्यु हुन्छ । उता मदनलाई बाटोमा अलपत्र रुपमा एक जना भोटेले फेला पार्छ । उसले मदनको खुबै स्याहार गर्छ (तेस् बेला मदन् यो भन्छ् " छेत्रिको छोरो यो पाउ छुन्छ घिनले छुदैन,मनिस् ठुलो दिलले हुन्छ जातले हुदैन") र जब मदन निको भएर घर फर्कन्छ, त्यो बेला उसको परिवार मुना र आमा को मृत्यु भएको खबर सुनेर ऊ मर्माहत हुन्छ

गुलाफको रङ !

कसैले तपाईंलाई रातो गुलाफको फुल दियो भने सम्झनुस् तपाईंलाइ कसैले माया गर्छ, कलेजी रङको गुलाफ दियो भने—फुल दिनेले उ भित्र भएको मुटु तिम्रै लागि धड्किरहेछ भन्ने बुझाउन खोजिरहेछ भन्ने बुझ्नु होला, यदि कसैले तपाईंलाई कालो रङको गुलाफको फुल दिन्छ भने उस्ले तपाईंसँगको सम्बन्ध तोड्न जाँदै छ भन्ने बुझ्नु होला ।

गुलाफ

जोगि बनि तिमिलाई जानी जानी हेर्न खोजें

जोगि बनि तिमिलाई जानी जानी हेर्न खोजें
मनपराई सिउँदो त्यो आफ्नै ठानी भर्न खोजें
पापी धर्मी चोर डाँका दुनियाँले भने पनि
तिम्रै मुटुभित्र मैले शितल मानी सर्न खोजे
तिम्ले ओठ बन्द गरी आँखा तरी रिसाउँदा
खाली खुट्टा हिम नदीको चिसो पानी तर्न खोजें
त्यो कोमल रुप हाँसो खुसी त्यो मुटुमा छपाएर
यो दिलभित्र मिठा तिम्रा आनीबानी छर्न खोजें
आहा कति लोभै लाग्दो चन्र्दमुखी मुहार देखि
आजभोलि तिमी तिरै आँखा तानी झर्न खोजें

I <3 You - Myspace Quote Graphics


किन माया लायौ मलाई?


तिमिले छाड्नु नै थियो भने
किन माया लायौ मलाई
यदि धोका दिनु थियो भने
किन झुटा बचन दियौ मलाई
यदि बाचा तोड्नु नै थियो भने
किन जीवनमा साथ दिन्छु भन्यौ मलाई
यदि तिमिले एक्लै तड्पाउनु थियो भने
किन छोडेर जिउदो लाश बनायौ मलाई

जन्मभुमि


त्यहि बाटो त्यहि गोरेटो
भरि भरि सम्झनाका सुवासहरु
सांचेर मुटुभरि संधै संधै
फर्किदै छु आफ्नो जन्म भुमि
नेपाल!!

प्रदेश


बाध्यताले बिदेशिदा भँए प्रदेशी
बिदेशको खटाई सम्झी रोएँ प्रदेशी

रगत अनि पसिनाले पराई भुमि भिज्दा
आफ्नै भिरपाखा सम्झी रोएँ प्रदेशी

गास, बास ठेगान हुन् न बिदेशमा हुँदा
झुपडिको सिस् नो सम्झी रोए प्रदेशी