प्रेम दिवस

फेरि प्रस्ताब राख्छु तिमीलाई, आएको प्रेम दिवसमा
भुल्यौ किन तिम्ले कसम, खाएको प्रेम दिवसमा
जिवनका रंगिन पल मिठा मिठा गित बनाई
भुल्यौ किन रमाउंदै, गाएको प्रेम दिवसमा
पैतालाको धुलो मेरै नामको सिन्दुर भनी
भुल्यौ किन सिउंदोमा, लाएको प्रेम दिवसमा
सबको आँखा छल्दै छल्दै एकान्तमा हामी
भुल्यौ किन भेट्न, धाएको प्रेम दिवसमा